पोखरा थन्डर्स नेपाल सुपर लिगको तेस्रो संस्करणको प्लेअफमा पुगेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा बुटबल लुम्बिनी एफसीलाई २–०ले हराउँदै पोखरा प्लेअफमा पुगेको हो।
यो जित पछि ६ खेलमा ८ अंक जोड्दै पोखरा तेस्रो स्थानमा छ। अब उसले एलिमिनेटरमा काठमाडौं रेजर्स र एफसी चितवन एफसी मध्ये एकसँग खेल्ने छ।
यता, पोखराको जितसँगै झापा एफसी भने प्रतियोतिगाबाट बाहिरिएको छ। आजको खेमाल पोखराले अंक गुमाएको भए मात्र झापाको प्लेअफ सम्भावना बाँकी हुने थियो।
पोखरालाई जित दिलाउन आयुष घालन र बीएस्सी विलियमले गोल गरे। खेलको १०औं मिनेटमै आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाए। ५८औं मिनेटमा विलियमले गोल गर्दै पोखराको जित सुनिश्चित गरे।