सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

संन्यास घोषणा गरिसकेका मेसी अन्तिम पटक अर्जेन्टिनाकाे जर्सीमा देखिने

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ । उनलाई घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर मिल्ने भएको छ ।

अर्जेन्टिनाको फुटबल संघ (एएफए) का अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यीमध्ये अक्टोबर ६ को खेलमा मेस्सी, रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो सहभागी हुनेछन् ।

सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् । उनले टोलीका लागि २०३ खेलमा २०३ गोल गरेका छन् ।

मेस्सीले अर्जेन्टिनालाई सन् २०२१ कोपा अमेरिका, २०२२ विश्वकप र २०२४ कोपा अमेरिका जिताउन नेतृत्व गरेका थिए । कतार विश्वकपको फाइनलमा उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए ।

सन् २००६ देखि २०२६ सम्मका ६ विश्वकप खेलेका मेस्सीले विश्वकपमा ३४ खेलबाट २१ गोल गरेका छन् । २०२६ को विश्वकपमा उनले आठ गोल र चार असिस्ट गरेका थिए ।

३९ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अलग भए पनि क्लब फुटबललाई निरन्तरता दिनेछन् । उनी अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन् ।

1.3Kशेयर