रोबर्टो कार्लोस नेपाल नआउने

17 Apr, 2025

ब्राजिलियन लिजेन्ट फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ।

जारी नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि ५२ वर्षीय कार्लोस भोलि (वैशाख ५ गते) नेपाल आउने कार्यक्रमम थियो। तर, अचानक उनको नेपाल भ्रमण स्थागित भएको छ।

नेपाल सुपर लिगले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै कार्लोस भोलि नेपाल नआउने जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि कार्लोसले नेपाल भ्रमण स्थागित गरेको आयोजकले जनाएको छ।

नेपाल सुपर लिगले कार्लोसले ्अतिथिका रूपमा कार्लोस नेपाल ल्याउन लागेको थियो। उनले लिगका प्लेअफका खेलहरु दशरथ रंगशालामा उपस्थित भएर हेर्ने कार्यक्रमम थियो।

अर्कोस नआउने भएपछि आयोजकले समर्थकहरूसँग माफी मागेको छ।

भोलि नआउने भएपनि फाइनलसम्म कार्लो नेपाल आउने नेपाल सुपर लिगले जनाएको छ। उनी आउने नयाँ मिति चाँडै सार्वजनिक गर्दै उसले जनाएको छ।