रोबर्टो कार्लोस वैशाख ९ गते नेपाल आउने

18 Apr, 2025

ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस वैशाख ९ गते नेपाल आउने भएका छन्।

उनी जारी नेपाल सुपर लिगको विशेष अतिथिका रुपमा नेपाल आउन लागेका हुन्। सन् २००२को विश्वकप विजेता ब्राजिलियन टिमका सदस्य कार्लोस २ दिन नेपाल रहने छन्।

जसक्रममा उनले वैशाख १० गते हुने दोस्रो क्वालिफायर खेल हेर्न दशरथ रंगशालामा उपस्थित हुनेछन्।

यसअघि उनी आजै नेपाल आउने र भोलि हुन पहिले क्वालिफयर खले हेर्न तय थियो। तर, अन्तिम समयमा कार्लोसले स्वास्थ्यको कारण नेपाल भ्रमण रोकेका थिए। उनले डाक्टरको सल्लाहले भ्रमण पोस्टपोन्ट गरेको जनाएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]