चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर २ मा

20 Apr, 2025
Share:
117 Shares

पोखरा थन्डर्स तेस्रो संस्करणको नेपाल सुपर लिगको क्वालिफायरमा २ प्रवेश गरेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा एफसी चितवनमाथि ३–०को एकपक्षीय जित निकाल्दै पोखरा क्वालिफायर २मा पुगेको हो।

अब पोखराले फाइलन प्रवेशका क्वालिफायर २मा धनगढी एफसीसँग खेल्ने छ। धनगढी शनिबार भएको क्वालिफायर १मा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो।

पोखरालाई जित दिलाउन जोए आएडुले २ गोल गरे भने अर्को गोल अभिशेषक लिम्बूले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६२औं मिनेटमा आत्मघाती गोल मद्दतमा पोखराले अग्रता लियो। चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरेका थिए।

आएडुले ७२औं पोखराको अग्रता दोब्बर बनाए। त्यसपमिा ७६औं मिनेटमा आएडुले नै गोल गरेपछि खेलमा पोखरा ३–०ले विजयी भयो।