सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

ललितपुरले डिफेन्ड गर्‍यो एनएसएल उपाधि

Ncell Nepal Super League 2025: Final match between Lalitpur City FC and Pokhara Thunders FC at Dasharath Stadium in Kathmandu on Saturday 26.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

ललितपुर सिटी एफसीले लगातार नेपाल सुपर लिग (एनएसएल) को उपाधि डिफन्ड गरेको छ।

अघिल्लो संस्करणका विजेता ललितपुरले अपराजित हरँदै उपाधि डिफेन्ड गरेको हो। यसक्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा उसले पोखरा थण्डर्सलाई २-१ ले हरायो।

ललितपुरको जितमा इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे भने पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले गोल गरेका थिए।

खेलमा ४२औं मिनेटमा ललितपुरले इजेकेलको गोलमा सुरुआती अग्रता लियो। ६३औं मिनेटमा पोखराका सुदीलले गोल गर्दै खेलालाई बराबरीमा ल्याए।

७४औं मिनेटमा इबोउ केबेले गोल गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए। त्यही अग्रतालाई जोगाउँदै ललितपुर च्याम्पियन बन्यो।

ललितपुर अपराजित रहँदै उपाधि जित्ने पहिलो टिम हो भने उपाधि रक्षा गर्ने पनि पहिलो हो।

च्याम्पियन ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ।

1.3Kशेयर