रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

10 May, 2025

जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ।

शनिबार बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ।

म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन्।