सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने

महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेष्ट महिला भलिबल लिग’को दोस्रो संस्करण आगामी भदौमा हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म आयोजना हुने जनाएको छ।

लिग आयोजनाका लागि नेपाल भलिबल संघले स्विकृति दिइसकेको इन्फिनिटी ड्रिम्सले जनाएको छ। सोही अनुसार आयोजकले तयारीलाई तिब्रता दिएको छ।

६ टिम सहभागी लिगको पहिलो संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो। उसले फाइनलमा ललितपुर क्विन्सलाई ३–२को सेटमा हराएको थियो।

1.3Kशेयर