नेकोस कप महिला भलिबल : एपिएफ र गण्डकीको विजयी सुरुआत

23 Jun, 2025

नेपाल स्पोर्टस् सेन्टर (नेकोस)को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।

हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन्।

जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित ग‍र्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई २५–११, २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै जित निकाल्यो।

प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबसहित, न्यु डाइमन्ड युथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश रहेका छन्।

लिगकम नकआउट प्रणालीमा ११ असारसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले जनही पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]