विश्वकप छनोट : नेपालले यमनसँग दशरथ रंगशालामा खेल्ने, टिकट एन्फाले आफैं बेच्ने

7 Nov, 2023

फिफा विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ। नेपाल र ओमानबीचको खेलको पहिलो लेग मंसिर ५ गते दशरथ रंगशालामा हुनेछ।

नेपला र यमनबीचको खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले बेच्ने भएको छ। एन्फले मंगलबार पत्रकार सम्मेलन गर्दै टिकट मूल्य ४ सय र १ हजार निर्धारण गरिएको जनाएको छ।

खेलको टिक सोही दिन दशरथ रंगशालाबाट किन्न सकिने एन्फाले जनाएको छ। प्रत्यक्ष प्रसारणका विषयमा केही दिनमा टुंगो लाग्ने एन्फाले जनाएको छ।

खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ बताउँदै एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको बताए।

त्यसअघि नेपालले समूहको पहिलो खेल युएईसँग उसकै मैदानमा कात्तिक ३० गते खेल्नेछ।

विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]