अल्कारेजलाई हराउँदै सिरनले जिते पहिलो विम्बल्डन उपाधि

14 Jul, 2025
Share:
117 Shares

यानिक सिनरले जीवनको पहिलो विम्बल्डन उपाधि जितेका छन्। विश्व नम्बर १ खेलाडी रहेपनि विम्बल्डन जित्न नसकेका रिसनले ठूला प्रतिद्वन्द्वी कार्लोस अल्कारेजलाई पराजित गर्दै पहिले विम्बल्डन जितेका हुन्।

फाइनलमा उनले अल्कारेजमाथि पहिलो सेटमा पराजित भएको अवस्थामा पुनरागम गर्दै जित निकालेका हुन्। पहिलो सेट ४–६ले पराजित उनले त्यसपछिका तीन सेट समान ६–४ले जिते।

योसँगै उनले एक महिना अघि पनि फ्रेन्च ओपनको फाइलनमा पाएको हारको बदला पनि लिए। ग्रान्डस्लामा लागतार २४ खेल जितेका अल्कारेज २५ औं खेलमा पराजित भए।

सिनरले जितेको यो चौथो ग्रान्ड स्लाम उपाधि हो।