थाइल्याण्डमा भएकाे अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा निर्णायक बनिन् सुनिता

12 Aug, 2025

थाल्याण्डमा आयोजित ८औं प्रतिष्ठित हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा नेपालकी सुनिता बिष्टले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। गत वर्ष काजकिस्तानमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारमा उतिर्ण गर्दै उनी निर्णायक बनेकी थिइन्।

२५ वर्षीया सुनिता नेपालको सबैभन्दा कान्छि अन्तराष्ट्रिय तेक्वान्दो निर्णायक हुन्। यो उनको मात्र नभई देशकै लागि एक ठुलो सफलता हो।

दाङ घोराहीकी सुनिता अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी र राष्ट्रिय तेक्वान्दो कोच पनि हुन्। अल्फा तेक्वान्दो डोजाङमार्फत खेलाडी उत्पादनमा सक्रिय रहँदै आएकी छिन्।

सुनिता खेलको माध्यमबाट धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश दिँदै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्दै आएको छिन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]