एभरेस्ट महिला भलिबल लिग खेल्न दुई ब्राजिलियन सुन्दरी काठमाडौंमा

2 Sep, 2025

एभरेस्ट महिला भलिबल लिग खेल्ने दुई ब्राजिलियन खेलाडी काठमाडौं आइपुगेका छन्।

पोखरामा भदौ २० गतेबाट सुरु हुने फ्रेन्चाइज भलिबल लिग खेल्ने ब्राजिलियन सुन्दरीहरू आना फ्लाभिया र मायरा भिटोरिया सोमबार साँझ काठमाडौं आइपुगेका हुन्।

यी दुई ब्राजिलियन खेलाडी डिफेन्डिङ च्याम्पियन कर्णाली यसविसमा आबद्ध छन्। उनीहरुलाई त्रिभुवन विमानस्थलमा मुख्यप्रशिक्षक कुमार राई र क्लबमा प्रतिनिधिहरुले स्वागत गरेका थिए।

कर्णालीमै आबद्ध ग्रीसकी राष्ट्रिय खेलाडी इभान्जेलिया चान्टाभा भने सोमबार बिहानै काठमाडौं आइपुगेकी थिइन्।

सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन्। स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन्। मायरा भिटोरिया पनि अनुभवी खेलाडी हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनीहरूले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको बताउँदै र्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने दाबी गरे।

कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]