एनएसएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं विजयी

24 Nov, 2023

आजबाट सुरु भएको दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले विजयी सुरुआत गरेको छ।

शुक्रबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एफसीलाई १–०ले हरायो।

प्रतिस्पर्धात्मक बनेको खेलमा काठमाडौंलाई जित दिलाउन राजिव लोप्चनले निर्णायक गोल गरे। दोस्रो हाफमा मैदान छिरेक राजीवले ५१औं मिनेटमा गोल गरेका थिए।

4H0A9617-1700838216.JPG

लिगमा शनिबार पोखरा थण्डर्स र एफसी चितवन तथा ललितपुर सिटी र एफसी बुटवल लुम्बिनीबीच खेल हुनेछ।

लिगको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए। उद्घाटनमा गायक सुशान्त केसीले प्रस्तुती पनि दिएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]