२ वर्षपछि घरेलु मैदानमा खेलेको नेपाल बंगादेशसँग बराबरीमा रोकियो

6 Sep, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय फुटबल टिमले २ वर्षपछि घरेलु मैदानमा खेल्ने अवसर पाएको छ। तर, शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग गोरहित बराबरीमा रोकियो।

सन् २०२३ को नोभेम्बरमा यमनसँग खेलेयता नेपाली टिमले पहिलो पटक दशरथ रंगशालामा भनेको छ।

२ वर्षपछि घरेलु मैदानमा खेलेपनि नेपाली टिमले अपेक्षाकृत प्रदर्शन गर्न भने सकेन। नेपलाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै बंगलादेशमाथि दबाब बनाएको थियो।

राम्रो मुभहरु बनाए पनि नेपाली स्ट्राइकरहरू बंगलादेशी गोलकिपरलाई दबाब दिन असफल भए। उनीहरु फिनिसिङमा फितलो देखिए। बंगलादेशको अवस्थामा पनि त्यस्तै रह्यो।

दुवै टिमका गोलपिकरहरू खतरनाक सटहरुका सामना गर्नुपरने।

अब दोस्रो खेल आगामी मंगलबार हुनेछ।