च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबार रातिबाट सुरु भएको छ। लिगको पहिलो खेलमा इंग्लिस क्लब अर्सानज विजयी भएको छ।
मंगलबार राति भएको खेलमा उसले स्पेनिस क्लब एथ्लेटिक बिल्बाओलाई उसकै मैदनमा २–०ले हरायो।
आर्सनलका लागि ग्याब्रिअल मार्टिनेली र लिसान्द्रो ट्रोसर्डले गोल गरेका थिए। दुवैले बेन्जबाट आएर दोस्रो हाफमा गोल गरेका थिए।
७२औं मिनेटमा मार्टिनेलीको गोलमा आर्सनले अग्रता लियो। उनले सेन्टरबाट काउन्टरमा लगेर गोल गरेका थिए। त्यसपछि ८७औं मिनेटमा मार्टिनेलीकै पासमा ट्रोसार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए। त्यसपछि थप गोल नहुँदा आर्सनल २–०ले विजयी भयो।
यस्तै, अर्को खेलमा युनियन सेनट गिलोइसले पिएसजीमाथि ३–०को जित निकाल्यो भने पोर्चुगिज क्लब बेन्फिकाले क्वारबाग एफकेसँग ३–२ले पराजित भयाे।
