नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

23 Sep, 2025
Share:
117 Shares

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो।

जर्सी पहिलाको भन्दा निकै फकर देखिएको छ। जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ। त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ ।

जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ। यसअघि नेपालको नाम लेख्दा पहेंलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ।

नेपाली टिमको जर्सीलाई नासा सेक्युरिटिजले प्रायोजन गरेको छ। नयाँ जर्सीमा कम्पनीको लोगो अगाडिको बीच भागमा राखिएको छ।

२७ सेप्टेम्बरमा युएईमा सुरु हुने वेस्टइन्डिजविरुद्ध टि–२० सिरिजमा नेपाली टिमले पहिलो पटक यो जर्सी लगाउने छ। सिरिजका लागि नेपाली टिम युएई पुगिसकेका छ।