सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

रोहित पाैडेलको शतकका बाबजुद आईसिसी विश्वकप लिग २मा युएईसँग नेपालको नमीठो हार

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले लागतार दोस्रो हार व्यहोरेको छ।

बिहीबार भएको सिरिजको दोस्रो खेलमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरेपनि नेपाल युएईसँग ५ विकेटले पराजित भयो। यसअघि नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भयो।

नेपालले दिएको २३४ रनका मध्यम लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि युवा ओपनर आर्यन्स शर्माले ९८ बलमा १० चौका र ३ छक्का मद्दता ९८ रन नै बनाए। अलिसान सरफुले २६ बलमा ६ चौका र ३ छक्का मद्दतमा ४५ रन बनाउँदा मोहम्मद वासिमले २६, ध्रुब परासरले १६ र कप्तान राहुल चोपराले १५ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह उैरीले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले रोहितको शतक मद्दतमा अन्तिम बलमा अलआउट हुँदै २३३ रन बनाएको थियो। एकदिवसीय दोस्रो शतक प्रहार गर्ने क्रममा उलने १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, आसिफ सेखले ४८ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २७ दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बलिङमा युएईका जाहिद अलीले ४ तथा जुनैद सिद्धिकीले ३ विकेट लिए।

यो हारपछि नेपाल लिग–२ को अंकतालिकमा १८ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने युएई समान खेलबाट ८ अंकसहित पुछारमा छ। ३२ अंकसहित अमेरिका शीर्ष स्थानमा रहँदा ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ।

अब नेपालले शनिबार अमेरिकासँग खेल्ने छ।

1.3Kशेयर