हरि खड्काले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

3 Nov, 2025

नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएका छन्।

बंगलादेशसँग १३ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र १८ नोभेम्बरमा मलेसियासँग हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रारम्भिक टोली घोषणा भएको हो।

म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका हुन्। एन्फाले बालगोपाल साहुखल र चेतन घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ।

प्रारम्भिक टोली : किरण कुमार लिम्बु, दीप कार्की, बिशाल सुनार, टिकेन्द्र थापा, अनन्त तमाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, बिमल पाण्डे, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, सृजन राज गौतम, सञ्जीव लामा, शङ्खर थारू, दिपेश धिमाल, एरिक बिष्ट, मणि कुमार लामा, कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, सुबास बम, समिर तमाङ, आदित्य शाक्य, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]