एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन, लाग्यो नारा– फुटबलले नै दिन्छ गाँस, एन्फासँग छैस आश

6 Nov, 2025
Share:
117 Shares

खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय सातदोबाटोमा प्रदर्शन गरेका छन्।

एन्फाले क्लबसँगको यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग गर्ने गरी सहमतिको विरोधमा बिहीबार खेलाडीहरू एन्फा मुख्यालयम प्रदर्शन गरेका हुन्।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा भएको प्रदर्शनमा पूर्वराष्ट्रिय खेलाडीहरु विक्रम लामा, विकेश कुथु, विराज महर्जन, राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अञ्जन विष्ट, राेहित चन्दलगायतका खेलाडीहरु पनि सहभागी थिए।

उनीहरुले खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको बताएका छन्। उनीहरुले ‘फुटबलले नै दिन्छ गाँस, एन्फासँग छैस आश, नो गेम नोम फेम, एन्फा टु ब्लेम, वाक्क लाग्दो एन्फा दिक्क लाग्दो नेपाली फुटबल, एन्फको ध्यान भ्रमण र भोट नखेली पाउँदैनन खेलाडीले नोट’ लगायत खेलिएका पमप्लेट बोकेका छन्।

सो क्रममा खेलाडीहरुले आफूले पाएका मेडलहरु पनि एन्फाको गेटमा झुन्ड्याएका छन्।

एन्फा मुख्यालयमा बाक्लो संख्यामा प्रहरी तैथान गरिएको छ। पदर्शनकारीहरुलाई मुल गेटमै रोकिएको छ।