रसिद खानको अलराउन्ड प्रदर्शनमा भारतमाथि नेपालको जानदार जित

8 Nov, 2025
Share:
117 Shares

रसिद खानले अलराउन्ड प्रदर्शन गरेपछि हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतमाथि सानदार जित निकालेको छ।

शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा रसिद अर्धशतक र तीन विकेट लिएपछि नेपालले भारतमाथि ९२ रनको सानदार जित निकालेको हो।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा ४५ रनमै अलआउट भयो। नेपालका लागि राशिद खानले ३ विकेट लिए बसिर अहमद २ र रुपेश सिंहले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले विनाक्षति १३७ रन बनाएको थियो। नेपालका लागि राशिद खान१७ बलमा ५५ रन बनाएर रिटायर भए भने सन्दीप जोराले ४७ र लोकेश बमले अविजित ३१ रनमा नटआउट रहे।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि नेपाल लागतार तीन खेल हारेको थियो। शुक्रबार अफगानिस्तानसँग पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

यस्तै, नेपाल बाउल लिगको पहिलो खेलम श्रीलंकासँग पराजित भएको थियो। अब नेपालले भोलि युएईसँग खेल्ने छ। बाउल लिगको शीर्ष दुई टिमले बाउल फाइनल खेल्ने छन्।