सलिको गल्फ हुने

28 Nov, 2023

सलिको गल्फ प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा आउँदो शुक्रबार र शनिबार हुने भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ९सलिको० को आयोजनामा हुने प्रतियोगितामा १ सय २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

राजधानीसँगै धरान, पोखराका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा १२ महिला र ३० युवा रहनेछन् । विगतमा लुम्बिनी इन्स्योरेन्सले यो प्रतियोगिता गर्दै आएको थियो ।

अहिले सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जपछि नयाँ नामबाट प्रतियोगितालाई निरन्तरता दिइएको सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । उनले भने, ‘गल्फको बेग्लै पहिचान भएको र भविष्यमा गल्फ पर्यटन बढाउन सकिन्छ भनेर प्रतियोगिता गर्दै आएका हौं ।’

प्रतियोगिता स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्यापका आधारमा हुने रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले बताए। खुलातर्फका विजेता जोडीलाई गोसाँइकुण्ड आतेजाते हेलिकप्टर सुविधा दिइनेछ।

सलिकोकी कार्यबाहक सीईओ वरिस्मा साउद आचार्यले यस प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने बताइन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]