दोस्रो एनटीए लिग आजबाट

30 Nov, 2023

दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको आयोजनामा पुम्से र ग्यरोगी दुई विधामा हुन लागेको प्रतियोगितामा कूल ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए।

६ सय ५० खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता तीन दिनसम्म ललितपुरस्थित सातदोबाटोको तेक्वान्दो हलमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]