आईसीसीसामु पाकिस्तानी बोर्डका तीन सर्त

9 Feb, 2026

पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सामु सोमबार तीन सर्त राखेको छ।

आईसीसी प्रतिनिधिले यूएईको दुबईमा पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहनसि नक्भीसँग भेट गरेका थिए। त्यस अवसरमा बंगलादेशी क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाको पनि उपस्थिति रहेको थियो।

आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएपछि पाकिस्तानले भारतविरुद्ध कोलम्बोमा फेब्रवरी १५ मा हुने खेल नखेल्ने घोषणा गरेको हो। अहिले आईसीसीसँगको कुराकानीपछि पाकिस्तानले आफ्ना सर्त अगाडि सारेको हो।

पाकिस्तानले आईसीसीबाट पाउँदै आएको अनुदान बढाउनु पर्ने, भारत र पाकिस्तानबीचका दुई पक्षीय सिरिज फेरि सुरु गर्नुपर्ने र दुई देशबीचको खेलपछि खेलाडीले एक आपसमा हात मिलाउनु पर्नेसर्त अघि सारेको छ।

भारत र पाकिस्तानबीचको विश्वकप खेल नहुने हो भने त्यसबाट आईसीसीलाई कम्तीमा पनि ५० करोड डलर घाटा हुने बताइएको छ। श्रीलंकाली क्रिकेट बोर्डले पनि भारतविरुद्ध नखेल्ने पाकिस्तानी निर्णयमा पुर्नविचार गर्न अनुरोध गरेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]