नेपाल ट्वान्टी-२० विश्वकप २०२६ मा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि पोस्ट-म्याच कन्फ्रेन्समा सोमपाल कामीले मिडियाको सामना गरे र उनले नेपाली टिमले आफूले सक्दो पनि खेल्न नसकेको बताएका छन् ।
उनले टिमको प्रदर्शनमा धेरै कमजोरी रहेको र त्यसमा सुधार एक मात्र विकल्प रहेको माने। उनले समर्थकप्रति माफी पनि मागे ।
सोमपालका अनुसार नेपाली टिमले विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्न सक्ने भए पनि त्यस्तै खेल यसपल्टको प्रतियोगितामा त्यस्तो नभएको माने । उनले भने, ‘पिच कठिन रह्यो, टस निर्णायक जस्तै रह्यो । वेस्ट इन्डिजविरुद्धको द्विपक्षीय सिरिज र विश्वकपमा धेरै फरक रह्यो । वेस्ट इन्डिजको अहिलेको टिम धेरै राम्रो रहेको छ ।’
नेपालको लगातार तेस्रो विश्वकप खेलेकोमा खुसी लागे पनि टिमको प्रदर्शनले आफू निराश रहेको पनि माने। उनले चौथो विश्वकप खेल्ने सम्भावनालाई अस्वीकार पनि गरेनन् र आफू त्यसका लागि पूर्ण रूपमा मिहिनेत गर्ने पनि बताए।
‘मैले चाहेर मात्र भएन, मलाई फिटनेसले पनि साथ दिन पर्यो । क्यानले पनि चाहनुपर्यो,’ उनले भने।
