इरानले फिफा विश्वकप नखेल्ने

12 Mar, 2026

अमेरिकासँग बढ्दो तनावपछि इरानले यसैवर्ष हुने फिफा विश्वकपबाट नाम फिर्ता लिएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन्।

यो पटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ। विश्वकप जुन ११ देखि जुलाई १९ सम्म चल्ने छ।

मन्त्री दुन्यामालीले हालको अवस्थामा देशका नागरिक तथा खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै विश्वकपमा सहभागिताका लागि आवश्यक वातावरण नै नरहेको बताए। उनले पछिल्लो केही महिनामा युद्धका कारण हजारौँ इरानी नागरिक मारिएको दाबी पनि गरेका छन्।

इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ। यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई प्रतियोगितामा स्वागत गर्ने बताएका छन्।

तर इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालको परिस्थितिमा इरानले विश्वकपलाई आशाका साथ हेर्न नसक्ने बताएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]