एचजेएनबीएल : टाईम्सको तेस्रो जित

18 Mar, 2026

हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा  टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो ।

टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रतासहित हाफ टाइमसम्म ४-२८ को अग्रता बनाएको थियो ।

त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गर्पनि सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३-२० र चौथो क्वाटरमा २४-२१ को अग्रता बनाए पनि हार टार्न पर्याप्त भएन।

टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक स्कोर गरे । सदिश म्यान अफ दि म्याच घोषित भए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]