एन्फा महिला लिग आजबाट

18 Mar, 2026

शहीद स्मारक एन्फा महिला लिग आज देखि सुरु हुँदैछ।

महिला लिगको उद्घाटन खेल एनआरटी र संकटा क्लबबीच हुनेछ। खेल च्यासल रंगशालमा सुरु हुनेछ।

आजै दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा एफसीसँग खेल्नेछ।

अखिल नेपाल फुटबल संघको बयोजना हुने महिला लिगमा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष ६ टोली सुपर एन्फा महिला सुपर लिगमा प्रवेश गर्नेछ।

महिला लिगमा एन्फा महिला लिग २०२४ को शीर्ष पाँच क्लब र एन्फा महिला लिग क्वालिफायर २०२५ को शीर्ष पाँच गरी कूल १० क्लबले खेल्ने तय थियो । तर यसअघि महिला लिगमा शीर्ष पाँचमा परेको वालिङ नगरपालिकाले नखेल्ने निर्णय गरेपछि ९ टिम सहभागी हुन लागेका हुन्।

लिगका खेल च्यासलसँगै दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा पनि हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]