एसियन कप छनोटमा नेपालले लाओससँग खेल्दै

31 Mar, 2026
Share:
117 Shares

एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लाओससँग खेल्दैछ। नेपाली फुटबलमा देखिएको विवादकाबीच नेपालले उसकै मैदानमा लाओससँग खेल्न लागेको हो।

खेल न्यु लाओस नेसनल स्टेडियममा साँझ ५ः४५ बजे सुरु हुनेछ।

राखेपले एन्फालाई तीन महिनाक लागि निलम्बन गरेपछि यो खेलका लागि नेपाली सुटुक्क लाओस पुगेको थियो। टिम लाओस पुगेपछि मात्र एन्फाले टिम घोषणा गरेको थियो।

यो खेल खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने हो तर नेपालको दशरथ रंगशालमा पछिल्लो दुई वर्षदेखि अयोग्य बन्दा नेपालले घरेलु मैदानमा खेल्ने अवसर पनि गुमाउँदै आएको छ।

यस पटक नेपाली टिममा नयाँ प्रशिक्षक छन्, गुग्लिएल्मो एरेना। उनले टिममा पाँच नयाँ खेलाडी टिममा समावेश छन्।

त्यसैले लाओसविरुद्धको खेलमार्फत एरेना आफैंसँगै अन्य केही खेलाडीले नेपालका लागि डेब्यू गर्ने छन्।

एरेनाले गोलकिपर योगेश धिमाल, मिडफिल्डर पेम्बा दोर्जे शेर्पा र रोमन भुजेल तथा फरवार्ड मिलन राई र युवराज खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएका छन्।

खेलअघिको प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक एरेनाले टिममा युवा र अनुभवी खेलाडीको समीश्रण भएको भन्दै जितकै लागि मैदान उत्रनै बताएका थिए। ‘लाओस विरुद्ध खेलका लागि हाती तयार छौँ र हामी जितकै लागि खेल्नेछौँ,’ उनले भनेका छन्।

एसियन कप छनोटमै यसअघिको खेलमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो। नेपाल इतिहासमै पहिलो पटक लाओससँग हारेको थियो। त्यसैले आज लाओस विरुद्ध नेपाल सामु बदला लिने अवसर समेत छ।

एसियन कप पुग्ने होडबाट बाहिरिसकेका दुवै टोली अन्तिम खेल जितकसहित टुङ्ग्याउन चाहन्छ। अझ नेपाल त अन्योल भविष्यका बीच यो खेलमा जसरी पनि जित निकाल्ने लक्ष्यमा हुनेछ।

समूह एफमा पाँच खेलबाट दुवै टोलीको समान ३ अंक छ। भियतनाम १५ अकसहित शीर्ष स्थानमा छ र एसियन कपका लागि छनोट भइसकेको छ।