महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टिम घाेषणा

21 Apr, 2026

काठमाडौं, वैशाख ८ अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ का लागि प्रारम्भिक टिम घाेषणा गरेकाे छ।

मुख्य प्रशिक्षक नवीन न्यौपाने साफ महिला च्याम्पियनसिपका लागि ३५ सदस्यीय प्रारम्भिक टोली गरेका हुन्।

नेपाली टिमकाे पहिलाे चरणको बन्द प्रशिक्षण वैशाख १४ गतेदेखि सुरु गर्ने एन्फाले जनाएकाे छ।

आठौँ साफ च्याम्पियनसिप भारतको गोवामा मे २५ देखि जुन ७ सम्म आयोजना हुँदैछ। दक्षिण एसियाली महिला फुटबलमा नेपाल सधैँ बलियो दाबेदारका रूपमा देखिँदै आएको छ, तर पटक–पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन।

प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

नेपाली टिम : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाईं, मीना देउवा, नेहा कुमारी चौधरी, निशा थाेकर, पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुक्रिया मियाँ, सुशीलाकुमारी चौधरी र उषा नाथ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]