शाकिरा, म्याडोना र बीटीएसले विश्वकप फाइनलमा प्रस्तुति दिने

14 May, 2026

फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना र केपप समूह बीटीएसले मुख्य प्रस्तुति दिने भएका छन् ।

आगामी जुन १२ देखि सुरु हुने फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ ।

कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनेछन् भने यो शो ग्लोबल सिटिजेन नामक गैर–नाफामूलक संस्थाले उत्पादन गर्नेछ । यसको उद्देश्य ‘फिफा ग्लोबल सिटिजेन एजुकेसन फन्ड’ मार्फत शिक्षा र फुटबल पहुँच बढाउनु रहेको बताइएको छ ।

फिफाका अनुसार, यो कोषले विश्वभरका बालबालिकाका लागि शिक्षा र फुटबल पहुँच विस्तार गर्न १०० मिलियन अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । साथै, २०२६ विश्वकपका प्रत्येक टिकटबाट १ डलर सोही कोषमा जानेछ ।

फिफा विश्वकप २०२६ को आधिकारिक गीत पनि शाकिराकै आवाजमा सार्वजनिक भइसकेको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]