महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, कप्तानमा पुनः एन्जिला

16 May, 2026

आसन्न साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा शनिबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

एन्फाले सावित्रा भण्डारीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पुनः एन्जिला तुम्बापो सुब्बालाई दिएको छ। अस्ट्रेलियामा लिग खेल्ने क्रममा घाइते भएकाले सावित्रा टिममा छैनन्।

मुख्य प्रशिक्षक न्यौपानले मिडफिल्डरद्वय अनिता लम्जेल र विर्सना चौधरीलाई पहिलो पटक टिममा राखेका छन्।

साफ च्याम्पियनसिप मे २५ देखि भारतका गोवामा आयोजना हुँदैछ। च्याम्पियनसिपमा नेपाल भुटान र श्रीलंकासँगै समूह एमा छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ।

राखेपले एन्फालाई निलम्बन गरेपछि महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्ने अन्योल भइरहेको बेला राखेपले शुक्रबार एन्फाको निलम्बन फुकूवा गरेपछि साफ च्याम्पियनसिप खेल्ने पक्का भएको हो।

नेपाली टिम

एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ (गोलकिपर), पूजा राना, गीता राना, विमला बिक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी (डिफेण्डर), रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी (मिडफिल्डर), रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा (स्ट्राइकर)।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]