कतारले जोड्यो विश्वकपमा पहिलो अंक

14 Jun, 2026
Share:
117 Shares

विश्वकपमा कतारले पहिलो अंक जोडेको छ। शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डलाई १–१को बराबरीमा रोक्दै कतारले विश्वकपमा पहिलो अंक जोडेको हो।

यसअघि घरेलु मैदानमै भएको विश्वकपमा कतार अंकबिहीन बनेको थियो।

सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाती अग्रता स्वीट्जरल्यान्डले लियो। ब्रिल एम्बोलोले १७औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए।

तरm कतारले इन्जुरी समयको अन्तिम मिनेटका गोल फर्कायो। इन्जुरी समयको चौथो मिनेटमा कतारका बोउलेम खुखले गोल गरे।