कीर्तिमान पाँचपल्टको विजेता ब्राजिलले विश्वकप २०२६ को पहिलो खेलमा बराबरीमा रोकिएको छ।
आइतबार बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा ब्राजिललाई मोरक्कोले १–१ को बराबरीमा रोकेको हो। योसँगै ब्राजिलले १९३२ देखिएको विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई कायमै राखेको छ।
खेलमा अग्रता भने मोरक्को लियो। इस्माइल साइबरीको गोलमा २१औं काउन्टरमा गोलकिपर पनि अगाडि बढेको अवस्थामा चिप गर्दै मोरक्कोलाई अग्रता दिलाए। उनले ब्राहिम डियाजको पासमा गोल गरे।
तर, ३२औं मिनेटमा ब्राजिलाले बराबरी गोल फर्कायो। उसका लागि भिनिसियस जुनियरले गोल गरे। उनले ब्रुनो गिमारेसको पासमा गोल गरे।
प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा मैदानमा उत्रेको ब्राजिलले खेलमा प्रभावशाली प्रदर्शन गर्न सकेन। मोरक्कोले पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो र यसपल्ट पनि उसले राम्रो गर्ने अपेक्षा गरिएको छ।
