सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

हालान्ड चम्किँदा सेनेगललाई हराउँदै नर्वे नकआउटमा

नर्वे फिफा विश्वकप २०२६ को नकआउटमा प्रवेश गरेको छ।

सुपरस्टार अर्लिङ हालान्ड चम्किएपछि सेनेगलमाथि ३–२को जित निकाल्दै नर्वो नकआउटमा पुगेको हो।

खेलको पहिलो हाफमै १(० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८औं मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गरे । खोलको ५३औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए।

खेलको ५८औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई ३(१ को अग्रता बनाए । सेनेगलले अन्तिममा थपिएको ३ मिनेटमा इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३(२ मा ल्याए ।

1.3Kशेयर