कंगोलाई हराउँदै कोलम्बिया नकआउटमा

24 Jun, 2026
Share:
117 Shares

कोलिम्बिया फिफा विश्वकप २०२६ को नकआउटमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलमा डिआर कङ्गोलाई १–० ले पराजित गर्दै कोलम्बियाले नकआउटमा स्थान पक्का गरेको हो।

यो उसको लागतार दोस्रो जित हो। यसअघि उसले उज्वेकिसतानलाई ३–१ले हराएको थियो।

कोलम्बियाको जितमा ड्यानियल मुन्योसले निर्णायक गोल गरे। उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७६औं मिनेटमा गोल गर्दै टिलाई अग्रता दिलाउ।

त्यसपछि थप गोल नहुँदा कोलम्बिया विजयी भयो। खेलमा कोलम्बियाका लुइस डियाजले २ मिनेटमा अन्तरमा २ गोल गरे, तर दुवै गोल अफराइड दिइइएको थियो।

अब उसले लिगको अन्तिम खेलमा पेर्चुगलसँग खल्ने छ।