मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजयी

28 Jun, 2026
Share:
117 Shares

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना समूहका तीनै खेल जित्दै समूह विजेताका रुपमा नकआउटमा पुगेको छ।

आइतबार बिहान भएको खेलमा उसले डेब्यूटान्ड एसियन टिम जोर्डनमाथि ३–१को जित निकाल्यो।

कप्तान लियोनल मेसीबिनै खेलको सुरुआत गरेको अर्जेन्टिनाका लागिअ १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिक उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहाले डी–बक्सको ठीक बाहिर मार्कोस सेनेसीमाथि फाउल गरेपछि अर्जेन्टिनाले खतरनाक स्थानबाट फ्रिकिक पाएको थियो। उक्त अवसरलाई लो सेल्सोले आकर्षक प्रहारमार्फत सिधै गोलमा परिणत गरे।

त्यसपछि ३१औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो। डी–बक्सभित्र सेनेसीमाथि फाउल भएको गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त अवसरलाई स्ट्राइकर लाउटारो मार्टिनेजले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। यो लो सेल्सो र मार्टिनेज दुवैको डेब्यू गोल हो।

५३औं मिनेटमा मुसा अल तामरीले गोल गर्दै जोर्डनलाइृ खेलमा फार्काए। गोल गरेपछि जोर्डनले उत्कृष्ट फुटबल खेल्दै अर्जेटिनामाथि दबााब बनाएको थियो। तर, मैदान प्रवेश गरेको २० मिनेटमै मेसीले फ्रिकिकमा गोल गर्दै खेलमा अर्जेन्टिनालाई ३–१को अवस्थामा ल्याए।

योसँगै मेसीले विश्वकपमा अर्को कीर्तिमान लेखाए। उनी विश्वकपका लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी बने। उनले अघिल्लो विश्वकपका ४ र यो विश्वकपमा तीन खेलमा गोल गरेका छन्। उनले आफ्नो गोल संख्या पनि १९ पु¥याएका छन्।

त्यसपति गोल नहुँदा अर्जेन्टिना विजयी भयो। उसले अब अन्ति ३२ मा केप भर्डेसँग खेल्नेछ।