नेपाली गल्फरद्वय सुवास तामाङ र शुक्रबहादुर राईले डीपी वर्ल्ड प्रोफेसनल गल्फ टुर अफ इन्डियाअन्तर्गत कोएल इन्डियन ओपन गल्फ खेल्ने भएका छन्।
७२ होलको उक्त प्रतियोगिता यही अगष्ट ११ देखि १४ सम्म कोलकताको टोलीगन्जमा हुनेछ। उक्त प्रतियोगिताको कुर पुरस्कार राशी १ करोड भारतीय रुपैयाँ रहेको छ ।
प्रतियोगितामा भारत बाहेक नेपाल, बंगलादेश, श्रीलंका, थाइल्यान्ड लगायत देशबाट कुल १३० गल्फरले प्रतिस्पर्धा गर्नेछन्।
सुवास सेप्टेम्बर(अक्टोबरमा जापानमा हुने २०औं एसियन गेम्समा पनि प्रतिस्पर्धा गर्दैछन्।
