सामग्रीमा जानुहोस्
शनिबार, असोज ३१, २०८३

एनपिएलले पायो आईसिसीबाट मान्यता

नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपिएल) लाई आईसिीले मान्यता दिएको छ। योसँगै एनपिएलले आधिकारिक रुपमा टी–२० मान्यता पाएको छ।

शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।

यसअघिका दुई संस्करणमा आईसीसीले एनपीएललाई मान्यता दिएको थिएन।

मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन्।

यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा ४ खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति मात्र दिएको थियो ।

अब भने फ्रेन्चाइजले अनुबन्ध गर्ने विदेशी खेलाडीको संख्यामा कुनै सीमा लाग्ने छैन।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सञ्चालन हुनेछ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सेयर गर्नुहोस्

881Shares