सामग्रीमा जानुहोस्
शुक्रबार, कात्तिक १३, २०८३

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको जित

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ।

जितका लागि १८७ रनको बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे।

अन्तिम ओभरमा कर्णालीलाई जितको लागि ८ रन आवश्यक थियो । पहिलो बलमा सोमपालले एक रन लिए । गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन लिए । विराटनगरका लोकेश बमले गुल्सनको क्याच आउट ड्रप गरे । चौथो र पाँचौ बलमा दुईदुई रन लिँदै सोमपालले कर्णालीलाई रोमाञ्चक जित दिलाए ।

त्यसअघि सोमपालले छैटौं विकेटका लागि पवन सर्राफसँग ६६ रनको साझेदारी गरेका थिए । पवन २८ बलमा ३६ रन बनाएर आउट भए । कर्णालीले सुरुवाती ५ विकेट सस्तो मै गुमाएको थियो । मार्क वाट एक, दीपक डुम्रे २०, अक्बर अली एक, अरिफुल इस्लाम ३२, हुसेन तलत कुनै पनि रन नजोडी पभेलियन फर्किए । त्यसपछि कर्णालीलाई सोमपाल र पवनले कर्णालीलाई सम्हालेका थिए ।

बलिङमा एन्जेलो म्याथुजले सर्वाधिक ३ विकेट लिए । चरिथ असलंंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

जसमा कप्तान सोमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनको योगदान गरे।विराटनगरका एन्जलो म्याथोजले ३ विकेट लिए।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो दिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो।

जसमा लोकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चौथो खेलाडी समेत बने। यस्तै एन्जलो माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान गरे।

कर्णालीका कप्तान सोमपाल कामी एक्लैले ४ विकेट हात पारे।

कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।

सेयर गर्नुहोस्

1.2KShares