सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १७, २०८३

एन्फा निलम्बन फुकुवाका निर्णायक वार्ता गर्न खेलकुदमन्त्री पोखरेल थाइल्याण्ड जाने

एसियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेका हुन्।

एएसफसी अवार्ड्स १९ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुँदैछ।

अवार्डमा सहभागी हुने मन्त्री पोखरेलले एन्फा निलम्बन फुकुवाका लागि एएफसी र फिफासँग वार्ता गर्ने कार्यक्रम तय भएको छ। वार्तामा एएफसी र फिफाका उच्च पदाधिकारी र नेपालको तर्फबाट मन्त्रीसहितका केही प्रतिनिधि सहभागी हुनेछन्।

तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै फिफाले एन्फालाई अनिश्चितकालका लागि निलम्बित गरेको थियो। त्यसयता नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिबाट वञ्चित हुँदै आएको छ।

सअघि नेपाल सरकार र फिफाका प्रतिनिधिहरूबीच भर्चुअल माध्यमबाट प्रारम्भिक छलफल भइसकेको छ। सोही संवादको निरन्तरता स्वरूप बैंककमा फेस-टु-फेस निर्णायक वार्ता हुन लागेको हो।

सेयर गर्नुहोस्

1.4KShares