सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक ३०, २०८३

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको एकदिवसीय सिरिज

न्युजिल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ। आइतबार सिरिजको अन्तिम खेलमा २१० रनको लक्ष्य डिफेन्ड गरेपछि भारतले सिरिज ३–१ले जितेको हो।

गौतम गम्भीकार प्रशिक्षणमा भारतले अवेमा जितेको यो पहिलो एकदिवसीय सिरिज हो।

भारतले सुरुआती खेल खेल जितेको थियो भने तेस्रो खेल वर्षाले रद्द भएको थियो। चौथो खेल न्युजिल्यान्डले जितेपछि सिरिजको टुंगो अन्तिम खेलमा लागेको हो।

भारतले दिएको २१० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ११ बल बाँकी छँदै १८७ रनमै अलआउट भयो। न्युजिल्यान्डका फोक्स क्रफ्टले सर्वाधिक ३१ रन बनाउँदा निक केली र कप्तान मिचेल सान्टनरले समान २४ र विल योङले २२ रन बनाए।

बलिङमा भारतका लागि अर्शदीप सिंहले ३ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान २ विकेट लिए।

भारतको जितमा अर्शदीप सिंह र मोहम्मद सिराजले ब्याटिङमा समान १४–१४ रनको योगदान दिएपछि भारतले शृंखलामा पहिलो पटक २०० रनको आँकडा पार गर्‍यो। त्यसपछि बलिङमा पनि दुवैले मिलेर पाँच विकेट लिए।

भारतले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रनमात्र बनाएको थियो। उसका लागि अर्शदिपसिंह र इशन किशनले समान ४६ रन बनाउँदा नमन धीर र श्रेयस ऐयरले समान २२ रन बनाएका थिए।

बलिङमा न्युजिल्यान्डका ज्याकब डफी र मिचेल सान्टनरले समान ३ तथा म्याथु फिसरले २ विकेट लिएका थिए।

सेयर गर्नुहोस्

1.3KShares