सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक ३०, २०८३

राइजिङ स्टार्स एसिया कपका लागि टिमको घोषणा, पवनको पुनरागमन, अविशेष र दीपक पहिलो पटक टिममा

नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको टिम घोषणा गरेको छ।

क्यानले एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीलाई टिममा राखेको छ भने नियमति खेलाडीलाई आराम दिएको छ। एनपिएलको प्रदर्शनपछि अलराउन्डर पवन सर्राफले नेपाली टिममा स्थान बनाएका छन्। उनको टिम कर्णाली याक्सले प्लेफमा स्थान बनाउन नसकेपनि पवनले बल र ब्याट दुवै राम्रो प्रदर्शन गरेका थिए।

यस्तै, एनपिएलममै चम्किएका दीपक डुम्रे र अविशेष गौतमले पनि पहिलो पटक टिममा स्थान बनाएका छन्। कर्णाालीका लागि दीपकले विस्फोटक ब्याटिङ प्रदर्शन गरेका थिए भने लुम्बिनी लायन्सलाई लिगको शीर्ष स्थानमा राख्न बलिङमा अविशेषको भूमिका महत्वपूर्ण थियो।

कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। यो समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन्। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।

नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ।

नेपाली टिम ः सन्दीप लामिछाने, बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम,रासिद खान, लोकेश बम र नन्दन यादव।

सेयर गर्नुहोस्

1.4KShares