सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर १, २०८३

जय शाह फेरि बने आईसिसी अध्यक्ष

जय शाह फेरि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अध्यक्ष बनेका छन्। शाह दोस्रो कार्यकायलका लागि निर्विरोध निर्वाचित भए।

बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।

यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्काउने र क्रिकेटको भविष्यका योजना अगाडि बढाउन निरन्तरता दिने आईसीसी बोर्डको भनाइ छ।

‘आईसीसी बोर्डले मप्रति देखाएको विश्वासले मलाई गर्व महसुस भएको छ। मप्रति निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभारी छु,’ दोस्रो कार्यकालका लागि अध्यक्ष बनेपछि उनले भने।

३८ वर्षीय जय शाह पहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए। उनले सुरुमा डिसेम्बर २०२४ मा आईसीसी अध्यक्षको पद ग्रहण गरेका थिए।

सेयर गर्नुहोस्

1.1KShares