टाइगर कप भलिबलको महिलातर्फ एपीएफ फाइनलमा

18 Jan, 2024

पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो।

खेलमा पहिलो २ सेट भने आर्मीले अग्रता लिएको थियो। तर, पछिल्ला ३ सेट लगातार गुमाउँदै आर्मी सेमिफाइलनबाट बाहिरिन पुगेको हो ।

त्रिभुवन आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटबाट लगातार २५–१२, २५–१६ र १५–१३ ले पछि पर्दै पराजित बन्न पुग्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]