घरमै मृत भेटिइन् बक्सिङ खेलाडी नीता गोसाईं

18 Jan, 2024

बक्सिङ खेलाडी नीता गोसाईं मृत भेटिएकी छिन्। नेपाल प्रहरीको जवान रहेकी नीता दुई दिनअघि भक्तपुरस्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन्।

तर, घटना भने २ दिनपछि बिहीबार मात्र बाहिर आएको छ। कोठामै झुन्डिएको भेटेपछि उनका दाइले डोरी काटेर निकालेका थिए। र, प्रहरीलाई खबर गरेका थिए।

पपिरवारको जाहेरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन आरोपमा एकजनालाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाइएको छैन।

६ वर्षदेखि प्रहरी जवानका रुपमा कार्यरत नीताले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक रजत जितेकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]