टाइगर कप भलिबल महिलातर्फ उपाधिमा एपिएफको ह्याट्रिक

20 Jan, 2024

चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि विभागीय टिम एपिएफले जितेको छ।

शनिबार भएको फाइलनमा न्यु डायमन्ड क्लबलाई ३–०को सोझो सेटमा हराउँदै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो।

पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट पनि २५–१८ र तेस्रो सेट २५–२१ ले जित्यो उपाधि उचाल्यो।

उपाधिसँगै ५लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ भने पहिलो पटक फाइलन पुगेको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]