बैंग्लोरमाथि कोलकाताको सानदार जित

30 Mar, 2024

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा कोलकाताले शुक्रबार राति रोयल च्यालेन्जर्स बैंग्लोरलाई उसकै मैदानमा ७ विकेटले हरायो।

प्रतियोगितामा कोलकाताले लागतार दोस्रो जित निकाल्दा बैंग्लोरको भने यो दोस्रो हार हो। यसअघि उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो।

बेंग्लोरले दिएको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेट गुमाएर १६.५ ओभरमै भेटायो। कोलकाताका वैंकटेश ऐयरले सर्वाधिक ५० रन बनाउँदा सुनिल नारिनले ४७ रन, फिल साल्टले ३०, कप्तान श्रेयर ऐयरले अविजित ३९ रन बनाए।

बैंग्लोरका यश दयाल, मंयक डगर र विजयकुमारले समान एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १८२ रन बनाएको थियो। बेंग्लोरका लागि विराट कोहलीले उत्कृष्ट पारी खेल्दै ८३ रनको योगदान गरेका थिए । बेंग्लोरका क्यामरुन ग्रिनले ३३, ग्लेन म्याक्सवेलले २८ र दिनेश कार्तिकले २० रन जोडेका थिए ।

कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले दुईरदुई र सुनिल नरेनले एक विकेट लिए । महँगा खेलाडी मिचेल स्ट्राकले भने यो खेलमा पनि राम्रो गर्न सकेनन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]