सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

सुदूरपश्चिमलाई रोयल ट्युलिपको साथ

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई रोयल ट्युलिप काठमाडौंले स्टे पार्टनरका रूपमा साथ दिने भएको छ।

रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठक र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

महाप्रबन्धक पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।

“सुदूरपश्चिम रोयल्ससँग जोडिएर नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाउँदा हामी खुसी छौँ । क्रिकेटले मानिसलाई जोड्ने प्रभावकारी माध्यमको रूप लिएको छ भने एनपीएलले नेपालमा यो खेलको विकासमा नयाँ अध्याय थपिरहेको छ,” पाठकले भने ।

प्रमुख कार्यकारी अधिकृत खड्काले रोयल ट्युलिप काठमाडौंसँगको साझेदारीले टोलीको आतिथ्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै खेलकुद र पर्यटनबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताए ।

1.3Kशेयर