पछिल्लो दुई सिजन यता स्पेनिस क्लब रियल मड्रिडका महत्वपूर्ण खेलाडी हुन्, ब्राजिलियन स्ट्राइकर रोड्रिगो। उनकै २ गोल मद्दतमा रियल आइतबार राति एथ्लेटिको बिल्बाओलाई २–०ले हराएको थियो।
नयाँ सिजनको सुरुआतसँगै रियलले फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेलाई अनुबन्ध गर्दैछ। यदि एम्बाप्पे रियल आए रोड्रिगोको भविष्य धरापमा पर्ने अनुमान गरिएको छ।
तर, २३ वर्षीय रोड्रिगोले भने रियल छाड्ने कुनै चाहना रहेको बताएका छन्। उनले एमाप्पे आफू रियलमै रहने बताएका छन्। ‘म यहाँ रमाइरहेको छु, यहीँ बस्न चाहन्छु, क्लब छाड्ने कै योजना छैन,’ स्पेनिस मिडियासँगको कुराकानीमा उनले भनेका छन्।
रोड्रिगोलाई भित्र्याउन इंग्लिस क्लबहरु म्यान्चेस्टर युनाइटेड, आर्सनल, लिभरपुल, म्यान्चेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीले पनि चासो देखाएका छन्। ठूला क्लबको चासोका बाबजुद रोड्रिगोले आफू रियलमै रहने बताएका छन्।
सन् २०१९मा रियल आएका रोड्रिगोले २०७ खेल खेल्दै ५२ गोल गरेका छन्।